देश

जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्छः अध्यक्ष ओली



काठमाडौँ, ३ मङ्सिर, (रासस)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष एवम् चुस्तदुरुस्त ढङ्टबाट सेवा प्रवाह गर्न स्थनीय जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभएको छ ।

पार्टीसम्बद्ध स्थानीय विकास विभागद्वारा आज च्यासलमा आयाजित ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले निष्पक्ष भई मितव्ययी एवम् पारदर्शीढङ्गबाट यथासक्य छिटो सेवा प्रवाह गरी जनताको विश्वास जित्न अनुरोध गर्नुभयो । 

शान्तिसुरक्षा र सुशासनको पक्षमा काम गर्दा जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न तयार हुनुपर्ने बताउँदै उहाँले सकारात्मक सोचका साथ सदैव देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउने जिकिर गर्नुभयो ।

सो अन्तरक्रिया कार्यक्रममा काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरूमा एमाले पार्टीका तर्फबाट निर्वाचित प्रमुख तथा उपप्रमुखसहित वडाध्यक्षहरूको सहभागिता रहेको छ ।

प्रकाशित : ४ मंसिर २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६