खोज–अनुसन्धान

पाँचथरको ओडारमा भेटिए झापामा लुटिएका हतियार



झापा, ४ मङ्सिर

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते दमक इलाका प्रहरी कार्यालयबाट लुटिएका दुई थान हतियार पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित जङ्गलको ओडारमा फेला परेका छन् ।

आज ०३११०२७३९ सिरियल नम्बरको एक थान इन्सास राइफल र ६२०३८ सिरियल नम्बरको एक थान थ्रिनटथ्री राइफल भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार इलाका प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेर फरार रहेका मिक्लाजुङ–३ का २२ वर्षीय सुशील फियाक लिम्बूलाई प्रहरीले मङ्गलबार दमक–२ बाट पक्राउ गरेको थियो । लिम्बूकै बयानका आधारमा पाँचथर प्रहरीसँग समन्वय गरी हतियार बरामद गरिएको हो ।

बरामद हतियारसँगै इन्सास राइफलको जङ्गी राउन्ड एक थान र एसएलआरको जङ्गी राउन्ड तीन थान प्रहरीले बरामद गरेको जनाएको छ । पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना कसुरमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : ५ मंसिर २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६