अर्थ-वाणिज्य

एक सय रोपनी जग्गामा किवी फार्म



रामेछाप , मंसिर ४

जिल्लामा खेतीयोग्य जमिन बाझिँदै गर्दा रामेछापका केही किसानहरू व्यावसायिक खेतीमा लागेका छन्। जिल्लाको हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकाको बाम्तीका एक किसानले व्यावसायिक रूपमा किवी खेती सुरु गरेका छन्। उमाकुण्ड–२ बाम्तिभण्डरका किसान अनन्त खड्काले बाँझो बसेको आफ्नो करिब एक सय रोपनी जग्गामा व्यावसायिक रूपमा किवी खेती लगाएका छन्।

खड्काले अनन्त एग्रोभेट बायोफार्म दर्ता गरेर आफ्नो निजी जमिनमा १७ सय बोट किवी लगाएका छन्। त्यस मध्ये करिब ७ सय बोटले यस वर्ष उत्पादन दिएको छ।

फर्ममा रहेको किवी अब टिप्ने बेला भएको छ। तर, खड्का अहिले किवी बेच्ने योजनामा छैनन्। अहिले किवी कोल्डस्टोरमा राखेर चैत लागेपछि बेसिजनमा बजार पठाउने योजनामा उनी छन्। ‘यस वर्ष १० हजार किलो किवी उत्पादन हुन्छ होला, बेसिजनमा बिक्री गर्दा राम्रै मूल्य आउँछ’, उनले भने।

खड्काले स्थानीय सरकार तथा प्रदेश सरकार समेतको सहयोगमा किवी खेती सुरु गरेका हुन्। उनको किवी फार्ममा १ करोड रुपैँया लगानी भइसकेको छ।

खड्काको फार्मले गाउँमा किवी खेतीको प्रवर्धनमा निक्कै सहयोग गरेको गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार बताउँछिन्। बाम्तिमा धेरै किसानले किवी खेती सुरु गरेका बताउँदै उनले सो वडालाई किवीको पकेट क्षेत्र घोषणा गरेर थप खेती प्रवर्धन गर्नुपर्ने बताइन्। ‘गाउँपालिकाले यस्ता किसानलाई प्रोत्साहनका रूपमा अनुदान पनि वितरण गरेका छौँ, यस्ता किसानलाई थप प्रोत्साहन गर्दै लैजाने छौँ’, उनले भनिन्।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार स्थानीय तहमा के काम भइरहेको छ भन्ने कुरा गाउँमा आएर हेर्नुपर्ने बताए। उनले कुरा गरेर मात्रै नहुने बताउँदै उत्पादनको लागि काम नै गर्नुपर्ने सुनुवारले बताए। सबै कुरा सरकारले गर्न नसक्ने बताउँदै उनले सरकारले हौसला र टेवा पु¥याउने बताए। उनले किसानहरूलाई उत्पादनमा लाग्ने पनि आग्रह गरे।

प्रकाशित : ५ मंसिर २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६