मंसिर ६ गते, कपिलवस्तु
माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा प्रकाश भुसाल निर्वाचित हुनु भएको छ । भुसाल संस्थाको २७ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेश बाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो । जसको उपाध्यक्षमा माधव गैरे सचिव पंकज पाण्डे, कोषाध्यक्षमा विन्दु भुसाल , सहसचिवमा नारायण सिंह निर्वाचित हुनु भएको छ ।

जसको सदस्यमा शान्ता पाण्डे, कौशिला खनाल, रामशंकर केवट, अरुण जिसी रहनु भएको छ । त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा प्रकाश विक सदस्यहरुमा शसिधर पौडेल र दुर्गा पोख्रेल चयन भएको निर्वाचन मण्डलका अध्यक्ष सरोज खनालले जानकारी दिनु भयो । नवनिर्वाचि पदाधिकारीलाई बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी, निर्वाचन मण्डलका अध्यक्ष सरोज खनाल, निवर्तमान अध्यक्ष यूवराज पोख्रेल, निर्वाचन मण्डलका सदस्य लक्ष्मण प्रसाद बेल्बासे, खेमराज भट्टराईले बधाई ज्ञापन गर्नु भएको थियो ।








प्रतिक्रिया