अर्थ-वाणिज्य

सहकारीले समुदाय सशक्तिकरणमा पु¥याएको योगदान स्मरणीय प्रदेश सभा सदस्य पन्थी



मंसिर ६, कपिलवस्तु

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले लक्षित वर्गका लागि सहकारी अपरिहार्य बनेको भन्दै सहकारीको योगदान स्मरणयोग्य र सम्मान योग्य रहेको विचार राख्नु भयो ।
माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशनलाई सम्बोधन गर्दै पन्थीले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन सहकारीले खेलेको भूमिका प्रशंसनीय भएको बताउनु भयो । प्रदेश सभा सदस्य पंथीले , “सहकारी सबै वर्गको वित्तीय पहुँच विस्तार गर्ने, आर्थिक समानता स्थापना गर्ने र समुदाय सशक्तिकरणमा निर्णायक माध्यम बनेको छ।”
उपप्रमुख चौधरी कार्यक्रममा बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले माउण्ट एभरेष्ट सहकारीले समुदायमा देखाएको सेवा र समर्पण सम्मान योग्य रहेको बताउनु भयो । चौधरीका अनुसार सहकारीको कामले स्थानीय स्तरमा गरीबी न्यूनीकरण, आत्मनिर्भरता र वित्तीय शिक्षालाई मजबुत बनाएको छ।
संस्थाका अध्यक्ष युवराज पोख्रेलले माउण्ट एभरेष्ट सहकारीलाई समुदायमा आधारित र समुदायकै मर्ममा चल्ने संस्था भन्दै यसले जनताको घरदैलोमै पुगेर सेवा दिएको बताउनु भयो । वर्तमान वित्तीय वातावरण तरल भए पनि सहकारीले चुनौतीका बीच महत्वपूर्ण उपलब्धि हासिल गरेको भनाइ थियो।


आफ्नो आठ वर्षे नेतृत्वको समीक्षा गर्दै पोख्रेलले सम्पूर्ण सदस्यप्रति कृतज्ञता व्यक्त गर्दै नव–निर्वाचित नेतृत्वलाई सफल बनाउन निरन्तर साथ दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा—कोषाध्यक्ष लेखनाथ भट्टराईको आर्थिक प्रतिवेदन, सचिव खेमराज भट्टराइको कार्य प्रगति प्रतिवेदन, अध्यक्ष युवराज पोख्रेलको नीति तथा कार्यक्रम, समितिका सदस्य देवेन्द्र थापाले प्रस्तुत गर्नु भएको लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको व्यावस्थापक रविलाल भट्टराईले जानकारी दिनु भयो ।
साधारण सभामा उत्कृष्ट सदस्यहरूलाई सम्मान प्रदान गरिएको थियो। त्यस्तै, सहकारीको प्रवद्र्धनमा योगदान पु¥याउने सल्लाहकारहरूलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो।


४ हजार २ सय सदस्य, ३२ करोडभन्दा बढी वासलात माउण्ट एभरेष्ट सहकारीमा हाल ४ हजार २ सय शेयर सदस्य रहेको उपाध्यक्ष गौरी चौधरीले जनकारी दिनु भयो ।

संस्थाले आ.व. २०८१÷०८२ मा ३२ करोडभन्दा बढी वासलात व्यवस्थापन गरेको छ। “व्यवस्थित सहकारी, विश्वसनीय सेवा” भन्ने मूल मन्त्रसहित सहकारीले समुदायमा वित्तीय सुरक्षादेखि उद्यमशीलताको प्रवद्र्धनसम्म महत्त्वपूर्ण योगदान दिँदै आएको सभाका सहभागीहरूले उल्लेख गर्नु भयो ।

प्रकाशित : ७ मंसिर २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६