अर्थ-वाणिज्य

६ करोड ४६ लाखको योजना सहित मनकामना सामुदायिक वनकोे १८औँ साधारण सभा



कपिलवस्तु, मंसिर ६

मनकामना सामुदायिक वन उपभोक्ता समूहले ६ करोड ४६ लाख रुपैयाँको वार्षिक बजेट तथा कार्ययोजना पारित गर्दै आफ्नो १८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभामा वन संरक्षण, दिगो व्यवस्थापन र समुदाय विकासमा केन्द्रित विभिन्न कार्यक्रम स्वीकृत गरिएको समूहले जनाएको छ। “सामुदायिक वनले रोजगारी सिर्जनामा टेवा पु¥याएको छ” — प्रदेशसभा सदस्य पन्थीले साधारण सभाको उद्घाटन गर्दै सामुदायिक वन मार्फत स्थानीय रोजगारी सिर्जनादेखि आर्थिक सक्रियता बढाउन उल्लेखनीय योगदान पुगेको बताउनुभयो। उहाँले सामुदायिक वन व्यवस्थापनले स्रोत–साधनको दिगो उपयोग, प्रकृति संरक्षण र ग्रामीण जीवनस्तर उकास्न निर्णायक भूमिका खेलेको टिप्पणी गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सामुदायिक वनको भूमिकाले स्थानीय गरिबी न्यूनिकरण, आयस्रोत अभिवृद्धि र सामुदायिक विकासलाई मजबुत बनाएको उल्लेख गर्नुभयो।
अर्यालले सामुदायिक वन उपभोक्ताको सक्रियता र स्वामित्वभाव नै यो क्षेत्रको मुख्य शक्ति भएको बताउनुभयो।
कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष रेनु सेन, बाणगंगा वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका वक्ताहरूले सामुदायिक वनले दिगो विकास, जैविक विविधता संरक्षण र स्थानीय जीवनस्तर सुधारमा महत्वपूर्ण प्रभाव पारेको बताउनु भयो । साधारण सभा अध्यक्ष मुक्त बहादुर कार्कीको अध्यक्षता, सचिव गंगा भट्टराईको सञ्चालन र उपाध्यक्ष पुष्कर घिमिरेको स्वागत मन्तब्यमा साधारण सभा सम्पन्न भएको थियो । कार्यक्रममा बनका अध्यक्ष कार्कीले प्रस्तुत गरेको वनको नीति तथा कार्यक्रममा वन संरक्षण र समुदाय विकास ,
दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण, आय–आर्जन अभिवृद्धि वन–आधारित उद्यमशीलता प्रवद्र्धन, सामुदायिक पूर्वाधार निर्माण, विपद् जोखिम न्यूनीकरण जस्ता सवालहरु प्राथमिकतामा राखेको छ । त्यस्तै बोल्ने वक्ताहरूले सामुदायिक वनले आर्थिक सशक्तिकरण, पर्यावरण संरक्षण र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नु भयो ।
आगामी वर्षका लागि प्रस्तुत गरेको ६ करोड ४६ लाख रुपैयाँको बजेटले दिगो वन व्यवस्थापन तथा सामुदायिक कार्यक्रमहरूलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। सभामा सहभागीहरूले कार्ययोजनाको समयमै र प्रभावकारी कार्यान्वयनका लागि शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित : ७ मंसिर २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६