अर्थ-वाणिज्य

देशकै अर्थतन्त्रको मेरुदण्ड सहकारी खाँ



कपिलवस्तु, ७ मंसिर

कपिलवस्तुको बाणगंगा नगरपालिका–५, कोपवामा रहेको हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा शनिबार अन्नपूर्ण विद्या मन्दिरको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ समाजसेवी अब्दुल रसिद खाँले सहकारीलाई “देशकै अर्थतन्त्रको मेरुदण्ड” भन्दै ग्रामीण तथा स्थानीय पुँजीलाई एकीकृत गर्न सहकारी प्रणालीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले सहकारीमार्फत कृषक तथा सर्वसाधारणलाई आयआर्जन, कृषि उत्पादन, व्यवसायिक विकास र जीवनस्तर सुधारमा जोड दिनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो।
बाणगंगा नगरपालिका–५ का वडाध्यक्ष दुनिका प्रसाद भुसालले बाणगंगामा क्रियाशील अधिकांश सहकारी संस्थाहरू सहकारी ऐन तथा नियमावलीअनुसार पारदर्शी रूपमा सञ्चालन भइरहेको बताउँदै बचतकर्ताको रकम सुरक्षित रहेको स्पष्ट पार्नुभयो। उहाँले नियमनकारी निकाय तथा सहकारीबीचको सहकार्यले पारदर्शिता र विश्वासनीयता अझ मजबुत हुने धारणा राख्नुभयो।
त्यस्तै, बाणगंगा नगरपालिका–११ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरीले सहकारी क्षेत्र जनविश्वासको आधारमा उभिनुपर्ने उल्लेख गर्दै पारदर्शिता, जवाफदेहिता र जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनु दीर्घकालीन सफलताको आधार भएको बताउनुभयो।
सहकारीका अध्यक्ष भरत राज न्यौपानेले वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारी स्थापना कालदेखि नै आर्थिक रूपमा निरन्तर सुदृढ हुँदै आएको जानकारी दिनुभयो। वि.सं. २०६४ मा स्थापना भएको सहकारीमा हाल १,९८० जना शेयर सदस्य रहेको उल्लेख गर्दै आगामी एक वर्षभित्र यस संख्या २,०८० पु¥याउने लक्ष्य प्रस्तुत गर्नुभयो।

अध्यक्ष न्यौपानेका अनुसार शेयर पुँजी रु. ४ करोड ५० लाख १२ हजार ८०० बाट वृद्धि गरी रु. ४ करोड ६५ लाख १२ हजार ८०० पु¥याइनेछ। ऋण जोखिम न्यूनीकरणका लागि सहकारीले ऋण जोखिम बीमा कार्यक्रमलाई निरन्तरता दिने र तीन लाख रुपैयाँभन्दा माथि शेयर पूँजी रहेको सदस्यलाई दुर्घटना बीमा सुविधा उपलब्ध गराइने बताउनुभयो। साथै, सहकारीले ‘एक सहकारी–एक सदस्य’ नीति अवलम्बन गर्दै सर्वसाधारणलाई सहकारीसँग प्रत्यक्ष जोडेर आर्थिक समृद्धितर्फ लैजान प्रयास गरिने जानकारी दिनुभयो।
वक्ताहरूले सहकारीले विश्वास जित्न सके स्थानीयस्तरमै आर्थिक गतिविधि तीव्र बन्ने बताएका थिए।
साधारण सभाले प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन, प्रस्तावित निति–कार्यक्रम तथा बजेट र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
कार्यक्रम सचिव कमलप्रसाद खनालको सञ्चालन तथा उपाध्यक्ष मधु गौतम भुसालको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो।

प्रकाशित : ८ मंसिर २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६