देश

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन



८ मंसिर, काठमाडौं

विगतमा पार्टीको उपल्लो तहको भूमिकामा रहेका नेताहरू कार्यकारी भूमिकामा नरहने गरी आइतबारदेखि नयाँ दलको जन्म भएको छ । डा। बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की लगायतका नेताहरू अभिभावकीय भूमिकामा रहेर प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपा गठन गरिएको हो ।

तत्कालीन माओवादी केन्द्रसँग वैचारिक विमति राख्दै डा.बाबुराम भट्टराईले २०७३ साल जेठमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै नयाँ शक्ति पार्टी गठन गरेका थिए ।

सुरुमा निकै तामझामसाथ खोलिएको पार्टी तीन वर्षसम्म पनि गति लिन नसकेपछि २०७६ सालमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरे । त्यहाँ पनि तीन वर्ष भन्दा बढी सहकार्य हुन सकेन । २०७९ सालमा उक्त पार्टी छोडेर बाबुराम माओवादीसँग चुनावी कार्यगत एकतामा जोडिए । २०७९ को चुनावमा गोरखा (२ प्रचण्डलाई छोडिदिए । त्यसबेला माओवादीसँगै दीर्घकालीन एकताका कुरा पनि उठेका थिए ।

तर पछि प्रचण्डसँग सहकार्य नजुटेपछि उनले नेपाल समाजवादी पार्टी बनाए । उक्त पार्टी पनि विभाजित भएपछि केही महिना अघि नेपाल समाजवादी पार्टी नयाँ शक्ति पुनर्गठन गरेका थिए । जेनजी आन्दोलनपछि भट्टराईले दुर्गा सोबलाई नेतृत्व हस्तान्तरण गरे । आफू पृष्ठभूमिमा बसे ।
यही बीचमा दलहरूबीच चुनावी मोर्चाबन्दी हुन थालेपछि उनले अन्य दलहरूलाई पनि एकता प्रक्रियामा जोड्ने खोजे । यही सिलसिलामा विचारसहितको बलियो वैकल्पिक शक्ति बनाउने दाबीसहित आइतबारदेखि नयाँ दलको जन्म भएको छ( प्रगतिशील लोकतान्त्रिक पार्टी ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी नयाँ शक्ति पूर्वमाओवादी केन्द्रका नेता जनार्दन शर्माले नेतृत्व गरेको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीच एकता गरी यो पार्टी गठन गरिएको छ ।

प्रकाशित : ९ मंसिर २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६