काठमाण्डौं १० मंसिर
उच्चस्तरीय जाँचबुझ आयोगले ‘जेनजी आन्दोलन’का २३–२४ भदौका घटनाबारे नेपाली सेनासँग मागेको विस्तृत विवरण नआएपछि आयोग–सेना बीच टकराव देखिएको छ।
सैनिक मुख्यालयले सामान्य रूपमा “घटना विवरण” मात्र पठाएको छ, तर आयोगले मागेका त्यतिबेलाका जिम्मेवार सैनिक अधिकारी, कमाण्डर र तैनाथ फौजका विवरण भने नपठाइएको आयोगले जनाएको छ।
सेनाले भने आयोगलाई आफ्नो संरचना नचिन्ने र सैनिक ऐनले अनुमति नदिने विषय बताउँदै व्यक्तिगत अधिकारीको विवरण दिन नसक्ने अडान लिएको छ।
त्यतिबेला कर्फ्यूपछि सिंहदरबार लगायत संरचना जोगाउन सेना परिचालन भएको थियो र भीडलाई रोक्न ४६ राउन्ड हवाइ फायर गरिएको सेनाको दाबी छ।
यता आयोगले प्रहरीलाई पनि नठिक विवरण दिएको भन्दै जरिवाना गर्ने निर्णयसम्म लिएको थियो र त्यही शैलीमा सेनासँग कागजात मागे पनि अपेक्षित विवरण नआएकाले असहयोग भएको ठान्न थालेको छ।








प्रतिक्रिया