जीवनशैली

भलवाडमा निःशुल्क आँखा परीक्षण शिविर ५०३ जनाले सेवा पाए,१०५ जनामा मोतियाबिन्दु पुष्टि



११ मंसिर, कपिलवस्तु

वाणगंगा नगरपालिका–९ भलवाडमा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण तथा उपचार शिविरमा ५०३ जनाले सेवा लिएका छन्। वाणगंगा नगरपालिकाको आयोजना र वडा कार्यालयको समन्वयमा नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा भलवाड स्वास्थ्य चौकी परिसरमा शिविर सम्पन्न भएको हो।
शिविरमा जाँच गरिएका सेवाग्राही मध्ये १०५ जनामा मोतियाबिन्दु (क्याटार्याक्ट) देखिएको र उनीहरूलाई शल्यक्रियाका लागि वाणगंगा–२ स्थित पिपरा अस्पतालमा रिफर गरिएको आयोजकले जनाएको छ। रिफर भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ।
स्वास्थ्यकर्मी तथा आँखा विशेषज्ञहरूको टोलीले शिविरमा आँखा परीक्षण, परामर्श, औषधि वितरण तथा आवश्यक परे चस्मा प्रदान गरेको थियो। प्राथमिक स्तरमै समस्या पहिचान गरी जोखिममा रहेका बिरामीको थप उपचारका लागि व्यवस्थापन गरिएको भलवाड स्वास्थ्य चौकीले जनाएको छ।
स्वास्थ्य चौकी प्रमुख जित विकास रायमाझीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता शिविर महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।
स्थानीयवासीहरूले घरमै निःशुल्क सेवा पाउन पाएकोमा खुशी व्यक्त गर्दै आर्थिक रूपमा कमजोर तथा उपचार पहुँच कम भएका नागरिकका लागि यस्तो शिविरले ठूलो राहत पुगेको प्रतिक्रिया दिएका छन्।
शिविर सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, सामाजिक संस्था तथा स्वयंसेवकलाई आयोजकले धन्यवाद ब्यक्त गरेको छ ।

प्रकाशित : १२ मंसिर २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६