१२ मंसिर, बाणगंगा
पिपरा अस्पतालमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत अनुगमन, मूल्याङ्कन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका क्रममा प्रदेश स्तरीय अनुगमन तथा मूल्याङ्कन समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको थियो।
प्रतिवेदनमा पिपरा अस्पतालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा उत्कृष्ट प्रगति गरेको निष्कर्ष प्रस्तुत गरिएको छ। यद्यपि, केही क्षेत्रहरूमा थप सुधार आवश्यक रहेको सुझावसमेत समितिले दिएको छ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका नगरप्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी अर्यालले प्राप्त सुझावहरूलाई आगामी दिनमा कार्यान्वयन गर्दै अस्पतालका सेवा अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त ब्यक्त गर्नु भयो ।








प्रतिक्रिया