१२ मंसिर कपिलवस्तु
नेपाल नगरपालिका सङ्घको आयोजनामा प्रदेश तथा स्थानीय तहका साझा अधिकारअन्तर्गत पर्ने सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्र—राजस्व, योजना, बजेट, खर्च, लेखापरीक्षण तथा नमूना कार्यान्वयन अवस्थासम्बन्धी सूचना संकलन तथा अन्तरक्रिया कार्यक्रम आज बुद्धभूमि नगरपालिकाको प्रशासनिक भवनमा सम्पन्न भएको छ।

नेपाल नगरपालिका सङ्घका केन्द्रीय सदस्य तथा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, शीतगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेल, सैना–मैना नगरपालिकाका नगर प्रमुख फडेन्द्रराज शर्मा, बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी, नेपाल नगरपालिका सङ्घका महानिर्देशक कलानिधि देवकोटा, तथा संविधानविद् काशीराज दाहालसहितका सहभागीहरूको उपस्थिति रहेको बताइएको छ ।

कार्यक्रमले स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारिता, चुनौती र भावी सुधारका दिशा–निर्देशबारे केन्द्रित छलफल गरेको आयोजकले जनाएको छ।








प्रतिक्रिया