राजनीति

एमाले कपिलवस्तुबाट १६ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन



१३ मंसिर, कपिलवस्तु

नेकपा ९एमाले०को ११औं राष्ट्रिय महाधिवेशनका लागि कपिलवस्तु जिल्लाबाट चयन हुने १६ प्रतिनिधि सर्वसम्मतरूपमा टुंगिएको छ। एमाले कपिलवस्तुका अनुसार क्षेत्र नं। १ बाट खुलातर्फ प्रदेश कमिटी सदस्य डम्मर शर्मा र विश्राम प्रसाद चौधरी, महिलातर्फ प्रदेश कमिटी सदस्य विमला नेपाली चौधरी, अनेमासंघ जिल्ला अध्यक्ष शान्ता पाण्डे, तथा युवा तर्फ जिल्ला सचिवालय सदस्य टुकलाल गैरै प्रतिनिधिमा चयन भएका छन्। जिल्ला उपाध्यक्ष शंकर पाण्डेका अनुसार सबै चयन सर्वसम्मत रूपमा भएको हो।

क्षेत्र नं २ मा खुलातर्फ जिल्ला अध्यक्ष बाबुराम खनाल

र मेहराज खाँन, महिलातर्फ प्रदेश कमिटी सदस्य शारदा शर्मा तथा जिल्ला सचिवालय सदस्य सरिता आचार्य, र युवा तर्फ देवीराम अर्याल छनोट भएका छन्।

त्यस्तै क्षेत्र नं। ३ बाट खुलातर्फ प्रदेश कमिटी सदस्य अर्जुन कुमार केसी र गोपाल बहादुर थापा, महिलातर्फ गंगा घर्ती मगर, र युवा तर्फ नारायण सापकोटा निर्विरोध प्रतिनिधि बनेका छन्।

यसैगरी जिल्लाबाट दलित तर्फ

एमाले जिल्ला सचिव सिवि गहतराज सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको पार्टीले जनाएको छ।

प्रकाशित : १४ मंसिर २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६