ब्रेकिंग न्युज

‘एक फिरन्तेको चट्याङे जीवन’ सार्वजनिक



काठमाडौँ, १३ मङ्सि

पर्यटन व्यवसायी श्याममोहन श्रेष्ठको आत्मकथा ‘एक फिरन्तेको चट्याङे जीवन’ र यसको अङ्ग्रे्रेजी संस्करण ‘एन ओभल्र्याण्ड ओडेसी’ सार्वजनिक भएका छन् । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, अर्का पर्यटन व्यवसायी कर्ण शाक्य, लेखक श्रेष्ठलगायतले आज यहाँ आयोजित समारोहमा इण्डिगो इन्कद्वारा प्रकाशित ती पुस्तक विमोचन गर्नुभएको हो ।

पुस्तकमा लेखक श्रेष्ठले क्यासिनोको आकर्षक जागिर  छाडेर फ्रान्स हिँडेको, सात महिनाको कठिन यात्रा, बेलायत पुग्ने बित्तिकै विमानस्थलबाट फर्कनुपरेको, स्वदेश फर्केपछि बेरोजगारी र सङ्घर्षको अध्याय, दिल्लीमा पुगेपछि एयर फ्रान्समा जागिर पाउन गरेको प्रयासदेखि धुलिखेलमा होटल व्यवसाय सुरु गर्दा माओवादी द्वन्द्वबाट उत्पन्न असहज परिस्थिति झेलेका प्रसङ्ग समेटिएका छन् । अल्लारे वयका लेखकका साहसिक र रोमाञ्चक यात्रा विवरणले पाठकलाई लेखकसँगै घुमाउँछन् । 

प्रकाशित : १४ मंसिर २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६