अन्तर्राष्ट्रिय

बार्सिलोना शीर्ष स्थानमा उक्लियो



एलाभेसविरुद्ध ३–१ को पुनरामगन जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन ड्यानी ओल्मोले दुई र लामिन यामलले एक गोल गरे । एलाभेसका लागि पाब्लो इबानेजले गोल गरे ।
खेलको पहिलो मिनेटमै इबानेजको गोलमार्फत एलाभेसले अग्रता लिएको थियो । आठौँ मिनेटमा यामलले बार्सिलोनाका लागि बराबरी गोल गरे ।
ओल्मोले २६औँ मिनेटमा गोल गर्दा बार्सिलोना २१ ले अगाडि बढ्यो । इन्जुरी समयमा ओल्मोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गेल गरे ।

जितसँगै बार्सिलोनाले १४ खेलमा ३२ अंक जोडेको छ । यो एक खेल कम खेलेको रियल मड्रिडको भन्दा दुई अंक बढी हो । पराजित एलाभेस १४ खेलबाट १५ अंकका साथ १४औँ स्थानमा छ ।
शनिबारै सम्पन्न अन्य खेलमा एट्लेटिको मड्रिडले ओभिडो तथा एथलेटिक क्लब बिल्बाओले लेभान्टेविरुद्ध समान २–० को जित निकाले । यसैगरी, मायोर्का र ओसासुना २–२ को बराबरीमा रोकिए ।

प्रकाशित : १५ मंसिर २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६