कर्णाली

कर्णालीले टस जितेर काठमान्डुविरुद्ध ब्याटिङ गर्दै



२०८२ मंसिर १४

४ अंकसहित तेस्रो स्थानमा रहेको काठमान्डुका लागि पनि यो खेल महत्त्वपूर्ण छ । चारवटा खेल खेलिसकेको कर्णालीको २ अंकमात्रै छ । प्लेअफको यात्रामा रहिरहन उसलाई जित्नैपर्ने दबाब छ ।
कर्णालीले टस जितेर काठमान्डुविरुद्ध ब्याटिङ गर्दै
१४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्दै छ ।
कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै काठमान्डु गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन् ।
काठमान्डु गोर्खाजले आज एक परिवर्तन गरेको छ । दिपेश कँडेलको स्थानमा भीम सार्की टोलीमा छन् । कर्णालीले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ ।
करण केसीको नेतृत्वमा रहेको काठमान्डु पाँच खेल खेल्दा २ खेलमा विजयी भएर ४ अंकसहित तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमान्डुका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।
चारवटा खेल खेलिसकेको कर्णाली याक्सले एउटा मात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौं स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने दबाब छ ।

प्रकाशित : १५ मंसिर २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६