खोज–अनुसन्धान

दुर्लभ प्रजातिका दुई वटा कछुवाको उद्धार



झापा, १५ मङ्सिर

मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ । स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै आउनुभएको थियो । वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिको कछुवाको संरक्षण आवश्यक रहेको बताउँदै महतको घरबाट ती कछुवा उद्धार गर्नुभएको हो । संरक्षणकर्मी लुइँटेलले डिभिजन वन कार्यालय झापालाई कछुवा उद्धार गरिएको जानकारी दिएको बताउनुभयो । उद्धार गरिएका कछुवालाई डिभिजन वन कार्यालयमार्फत अर्जुनधारामा रहेको कछुवा प्रजनन तथा संरक्षण केन्द्रमा राखिने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : १६ मंसिर २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६