१५ मंसिर, कपिलवस्तु
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम सारु मगरले सोमबार युनाइटेड अस्पतालको अवलोकन गर्दै निर्माणको अन्तिम चरणमा पुगेको आइसियु भवनको प्रगति स्थितिबारे जानकारी लिनुभएको छ।
मन्त्री सारु मगरसँगै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थी, अस्पतालका अध्यक्ष मुनाराम चालिसे, कार्यकारी निर्देशक सुन्दर आचार्य तथा चिकित्सक–स्वास्थ्यकर्मी सहितको टोली अवलोकनमा सहभागी थियो।
अवलोकनका क्रममा मन्त्री सारु मगरले आइसियु सेवा अहिलेको आवश्यकता तथा समयको माग भएको बताउँदै निर्माण कार्य शीघ्र सम्पन्न गरी सेवा विस्तारमा अघि बढ्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो। मन्त्री मगरले सहकारी मार्फत स्वास्थ्य क्षेत्रमा गरेको प्रगतीको खुलेर प्रंससा गर्नु भयो ।
अस्पतालका पदाधिकारीहरूले आइसियु भवनको हालसम्मको प्रगति, आगामी योजनाहरू तथा आवश्यक उपकरणहरूको व्यवस्थापनबारे मन्त्रीलाई जानकारी गराएका थिए।
युनाइटेड अस्पतालले आइसियु भवन सञ्चालनमा आएपछि जिल्लाका बिरामीलाई थप गुणस्तरीय सेवा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ।








प्रतिक्रिया