कोहलपुर, १६ मंसिर
नेपालका क्रियाशील पत्रकार तथा सामाजिक अभियन्ता विष्णुप्रसाद बेलबासे प्रतिष्ठित ‘ग्लोबल फोर–एच भिजनरी लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन्। काठमाडौँमा हालै सम्पन्न ग्लोबल क्लाइमेट समिट तथा ५ औँ एशिया फोर–एच नेटवर्क सम्मेलनका अवसरमा विशेष समारोहमार्फत यो अवार्ड प्रदान गरिएको हो।
नेपालमा फोर–एच अन्तर्राष्ट्रिय युवा विकास कार्यक्रमको स्थापना, सुदृढीकरण तथा विस्तारमा बेलबासेले पु¥याएको समर्पित सेवा, दूरदर्शी नेतृत्व र निरन्तर योगदानका आधारमा एशिया फोर–एच नेटवर्कले यो सम्मान अर्पण गरेको हो।
ग्लोबल क्लाइमेट समिटमा अमेरिका, जापान, ताइवान, कोरिया, नेपालसहित १० भन्दा बढी देशका वातावरणविद, सामाजिक अभियन्ता तथा युवा प्रतिनिधिहरूको सहभागिता थियो। अन्तर्राष्ट्रिय उपस्थिति मार्फत प्रस्तुत गरिएका उत्कृष्ट नेतृत्व कर्ताहरूको सूचिमा बेलबासे नेपालबाट प्रमुख प्रतिनिधिको रूपमा सम्मानित भएका हुन्।
सम्मानपत्रमा बेलबासेको योगदानको प्रशंसा गर्दै उल्लेख गरिएको छ,
“नेपालमा फोर–एच कार्यक्रमको स्थापना र विकासका लागि तपाईंले देखाउनुभएको समर्पण र उत्कृष्ट योगदानको कदर स्वरूप ग्लोबल क्लाइमेट समिट तथा ५ औँ एशिया फोर–एच नेटवर्क सम्मेलनमा तपाईंलाई ‘फोर–एच ग्लोबल भिजनरी लिडरसिप अवार्ड’ प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौँ।”
उक्त प्रमाणपत्र नेपाल सरकारका पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल तथा एशिया फोर–एच नेटवर्कका अध्यक्ष लोकराज अवस्थीले संयुक्त रूपमा प्रदान गरेका थिए।
फोर–एच के हो ?
फोर–एच एक विश्वव्यापी युवा विकास कार्यक्रम हो, जसले युवाको शीर (ज्भबम), हृदय (ज्भबचत), हात (ज्बलमक) र स्वास्थ्य (ज्भबतिज) को समग्र विकासमा जोड दिन्छ। नेतृत्व क्षमता, व्यवहारिक सीप, जिम्मेवारी तथा सामाजिक सहभागिता अभिवृद्धिमा यो कार्यक्रम विश्वभर ख्यातिप्राप्त छ।
बेलबासेले पाएको यस सम्मानले नेपाली युवा नेतृत्व, वातावरणीय सचेतना तथा समुदाय–आधारित विकास प्रयास प्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट भएको स्पष्ट संकेत दिएको छ। साथै, यसले नेपालको ग्रासरुट तहबाट अघि बढेको युवा सशक्तीकरण अभियानलाई थप ऊर्जा र प्रेरणा प्राप्त हुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया