अन्तर्राष्ट्रिय

अलैँचीको निर्यात बढ्यो



भद्रपुर (झापा), १८ मङ्सिर

मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिकमा अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको हो ।

चार महिनाको अवधिमा एक हजार ८२३ दशमलव ९०  मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागार्इंले जानकारी दिनुभयो । अघिल्लो आव २०८१÷८२ को सोही अवधिमा रु एक अर्ब ९० करोड दुई लाख बराबरको अलँैची निर्यात भएको उहाँले बताउनुभयो । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको चार महिनामा चियाको निर्यात ३७ दशमलव ७० प्रतिशतले घटेको छ । उक्त अवधिमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागार्इंले जानकारी दिनुभयो । 

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य बस्तुहरूमा भेनियर सिट १३४ दशमलव ८० प्रतिशत, छुर्पी ३३ प्रतिशत, अदुवा, सुठो तीन दशमलव २० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी प्लाइउड ५२ दशमलव ७० प्रतिशत, अम्रिसो २३ दशमलव ९० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ३० प्रतिशतले कमी आएको छ  । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा रु सात अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको छ । 

प्रकाशित : १९ मंसिर २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६