अर्थ-वाणिज्य

सहकारी उत्पादन र रोजगारीमा जोडिनुपर्छ आचार्य शेयर सदस्यको आर्थिक अवस्थामा सुधार आवश्यक



पार्वती पाण्डे

कपिलवस्तु, २० मंसिर

जनसेवा बहुमुखी सहकारी संस्था लिमिटेड, कपिलवस्तुको ३२औँ साधारण सभा शनिबार गजेहडामा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले सहकारी किसानको हितका लागि, व्यवसायीका साथीका रूपमा तथा सर्वसाधारण नागरिकका बलियो सहयात्रीका रूपमा स्थापित हुँदै गएको धारणा राख्नुभयो।
उहाँले सहकारीमार्फत उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरता विस्तार गर्नुपर्नेमा विशेष जोड दिनुभयो।
कार्यक्रममा वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले लामो इतिहास बोकेको जनसेवा बहुमुखी सहकारीले जिल्लाको आर्थिक विकासमा मेरुदण्डको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। स्थानीय उत्पादन र उद्यमशीलताको प्रवद्र्धनमा सहकारीको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।


संस्थाका अध्यक्ष द्रोणराज सुवेदीले बचत तथा ऋणका साथै बिउ–बिजन प्रशोधन र वितरणमा जनसेवा सहकारीले अग्रणी पहिचान बनाएको जानकारी दिनुभयो। किसानकेन्द्रित कार्यक्रम र पारदर्शी व्यवस्थापनले सदस्यको विश्वास बढ्दै गएको बताउनुभयो।


त्यस अवसरमा भूमि समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले सहकारी प्रणालीकै माध्यमबाट कृषि क्रान्ति सम्भव हुने धारणा राख्नुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक डम्मर शर्मा, सञ्चार सहकारीका अध्यक्ष मित्रलाल शर्मा लगायत वक्ताहरूले सहकारी आन्दोलनले स्थानीय समुदायको सामाजिक तथा आर्थिक विकासमा पु¥याएको योगदानबारे मन्तव्य व्यक्त गरे।
सभामा उपाध्यक्ष सरितादेवी ढकालले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सचिव टेकेन्द्र क्षेत्रीको सञ्चालनमा सम्पन्न भयो।
आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष गोबिन्द ज्ञवालीले र लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समिति संयोजक डिल्लीराज भुषालले प्रस्तुत गर्नुभएको थियो। सचिव क्षेत्रीले वार्षिक प्रगति प्रतिवेदन पनि प्रस्तुत गर्नुभयो। सबै प्रतिवेदनहरू सभाबाट सर्वसम्मत रूपमा पारित गरिए।
संस्थाको चुकत्ता शेयर पूँजी ः ४ करोड २७ लाख ५२ हजार, कुल निक्षेप १९ करोड ४६ लाख १६ हजार, कुल कर्जा लगानी १४ करोड २४ लाख ३१ हजार रहेको छ । त्यस्तै संस्थामा १हजार २ सय ७३ शेयर सदस्य मध्ये ६ सय ७४ महिला र ५ सय ९९ पुरुष रहेका छन्।

प्रकाशित : २२ मंसिर २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६