जीवनशैली

सम्पादकीय



                                                                           डर र भर !

‘आफुहरुले जित्ने संभावना नभए पुराना दलहरुले चुनाव हुन दिन्नन् ! उनीहरुले नै जित्ने संभावना भए आन्दोलन पक्षधरले हुन दिन्नन् ! कि भन्ने डर !!’ – मधुरमण आचार्य

संयोग पनि कस्तो जुरेको ? यता बालुवाटारमा चुनावका लागि सहज वातावरण बनाउन सर्वपक्षीय छलफल चल्नु र उता महाराजगञ्जमा निवर्तमान सरकारका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमको पालो कुरेर बस्दा समयले सवक सिकाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका बीचमा भेटवार्ता हुनु ! एकैदिन पर्नु !?

धन्न यतिबेला नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल चलिरहेको छ, जस्ले धेरै युवालाई त्यतैतिर तानेर व्यस्त पारेको छ । अनि मंसिर महिना हुनाले विवाहको लगन छ । उमेर पुगेका योग्य वर बधुको जोडी खोज्ने, रोज्ने, मिलाउने, विवाहको मिति तोक्ने, जन्त जाने, भोज–भतेर खाने, शुभ–कामना दिने लिनेले अल्मल्याएको छ । विद्यालयमा परीक्षा चलेको छ । शहर, बजार र गाउँ ठाउँमा मेला महोत्सव, यज्ञ र महायज्ञमा मान्छे लागेर हो । नत्र के हुँदो हो ?

पूर्वप्रशासक एवं परराष्ट्रविद मधुरमण आचार्यले भने झै आन्दोलन पक्षधर (जेन–जी) समूह त छिन्नभिन्न भैसके । उनीहरुमा चुनाव रोक्न सक्ने क्षमता कति होला ? भन्न नसकिएला । तर यतिचाहिँ अवश्य भन्न सकिन्छ – कांग्रेस र एमालेले चाहेमा चुनाव रोक्न सक्छन् । हिजोसम्मका देशका सवभन्दा ठूला दुईदलमा त्यो क्षमता छ । अनि आयोग, नियोग सहित सवै अड्डा, अदालत, प्रहरी र प्रशासनमा उनीहरुकै आदेश मान्नेहरु छन् । बहालवाला ६ महिने सरकार त जनाधारबिनाको हो । तत्कालीन संकटको टार्नका लागि बनाइएको हो । जसलाई नेपाली सेना र राष्ट्रपति बाहेक अरुको भर छैन ।

नेपाली सेनाका एकजना जर्साबले मिनेन्द्र रिजालाई भनेछन् –‘हजुहरुले पुलिसलाई जसरी नाकाम बनाउनु भयो, राजनीतिमा प्रयोग गर्नु भयो, जसरी सिडिओलाई राजनीतिमा प्रयोग गर्नु भयो, सत्ताका लागि प्रयोग गर्नु भयो, सेना त्यसरी प्रयोग हुँदैन’ । सत्ताच्यूत भैसकेपछि पहिलोपटक खुल्ला रुपमा भेट भएर भलाकुसारी गरेका भूतपूर्व दुवै प्रमलाई जोगाएको पनि सेनाले हो गत आन्दोलनमा । उनीहरुलाई पनि डर र भर सेनाकै नहोला भन्न सकिन्न । नत्र देशमा अरु भरपर्न सकिने संयन्त्र कुन बँचेको छ र ?

यतिबेला चर्चामा छ यो समाचार – बहालवाला अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई सहित, पूर्व आयुक्त लोकमानसिंह कार्की, गोपालबहादुर खडका, रमेश लेखक, बालकृष्ण खाँण, आरजु राणा, ओमबिक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईलाई दिइएको ज्यान मार्ने धम्कीले परेशासन छ पुलिस । त्यसैले शंकास्पद ३ जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै छ ।’ सत्ताका कुनै संयन्त्र भरपर्दा र विश्वासयोग्य रहेका भए यस्तो अवस्था किन आउँदो हो र ?

प्रकाशित : २२ मंसिर २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६