शिक्षा

काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष



पर्वत, २२ मङ्सिर

यहाँको कुश्मा नगरपालिकास्थित एक परिवारले स्वर्गीय आमाको काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । स्थानीय युवा वर्ष प्राथमिक विद्यालयमा अक्षयकोषको स्थापना गरिएको हो । परिवारका सदस्यहरूले समाजसेवामा आमाको झुकावलाई निरन्तरता दिने उद्देश्यले मृतकको तेह्रौँ पुण्य तिथिका अवसरमा कोषको स्थापना गरेको मृतकका छोरा विनोद पुरीले जानकारी दिनुभयो । स्व मातापिता देवेन्द्रकुमारी पुरी र करुणाराज पुरीको नाममा स्थापना गरिएको अक्षयकोषमा सुरुआती रूपमा रु एक लाख ५१ हजार ३२५ जम्मा गरिएको छ । परिवारका अनुसार स्व आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम हस्तान्तरण गरिएको हो । कोषबाट असहाय, आर्थिक रूपमा कमजोर तथा शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने विद्यालयका प्रधानाध्यापक खड्कराज पुरीले जानकारी दिनुभयो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम नेपालीले समाजबाट प्राप्त यस्ता सहयोगले शैक्षिक गुणस्तर वृद्धि गर्न ठूलो योगदान पुग्ने धारणा राख्नुभयो ।

प्रकाशित : २३ मंसिर २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६