जीवनशैली

फरार कैदीबन्दी पक्राउ



काठमाडौँ, २३ मङ्सिर

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ तारकेश्वर मनमैजु बस्ने २२ वर्षीय सुविन गुरुङलाई प्रहरी पक्राउ गरेको हो । प्रदर्शनका क्रममा फरार भई लुकीछिपी अवस्थामा बसिरहेका गुरुङलाई सोमबार तारकेश्वरको मनमैजुबाट पक्राउ गरी केन्द्रीय कारागारमा पेस गरिएको वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित : २४ मंसिर २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६