खोज–अनुसन्धान

दोस्रो एभरेष्ट भेट्रान कप सुरु



बेलबारी (मोरङ), २३ मङ्सिर

मोरङको बेलबारी–१० भाउन्नेस्थित कोशी प्रदेशस्तरीय दोस्रो एभरेष्ट भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा युनाइटेड भेट्रान क्लबको पहिलो विजयी भएको हो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित दोस्रो एभे्रस्ट भेट्रान कप सोमबारदेखि सुरु भएको हो । एभे्रस्ट भेट्रान मोरङको आयोजनामा प्रस्तावित डाँगीहाट रङ्गशाला भाउन्नेमा प्रतियोगिता सुरु गरिएको छ । उद्घाटन खेल चन्द्रगढी भेट्रान क्लब र युनाइटेड भेट्रान क्लबबीच भएको खेलमा युनाइटेड विजयी भएको आयोजकले जनाएको छ । खेलको तेस्रौँ मिनेटमा युनाइटेडका महेन्द्र विश्वास खवासले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसकोलगत्तै खेलको आठौँ मिनेटमा युनाइटेडका तेजमान लिम्बूले दोस्रो गोल थप्दै टिमलाई बलियो बनाए । खेलको १६औँ मिनेटमा युनाइटेडका निराजन बस्नेतले तेस्रो गोल गरे । पुनः खवासले एक गोल थप्दै व्यक्तिगत रूपमा दोस्रो तथा टिमका लागि चौथो गोल गर्न सफल भए । खेलको ३३औँ मिनेटमा चन्द्रगढीका प्रेमकुमार लिम्बूले एक गोल फर्काउँदै टिमलाई खेलमा फर्किन खोजे पनि त्यहीँबाट खेलको गति फेरि युनाइटेडतर्फ मोडियो । दोस्रो हाफको ११औँ मिनेटमा युनाइटेडका खवासले आफ्नो तेस्रो अर्थात् ह्याट्रिक गोल गर्दै टिमको जीत पक्का गरे । उत्कृष्ट प्रदर्शनका आधारमा खवास म्यान अफ दि म्याच घोषित बनेका छन् । उक्त प्रतियोगितामा प्रदेशभरिका १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष चरण गुरुङले बताएका छन् ।

प्रकाशित : २४ मंसिर २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६