ब्रेकिंग न्युज

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने



दमौली (तनहुँ), २३ मङ्सिर

म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ । यसका लागि म्याग्दे गाउँपालिकाले पोखरास्थित हिमालय आँखा अस्पताल घारीपाटन पोखरासँग सम्झौता गरेको छ ।

यस भेगका सर्वसाधारणलाई सहज रुपमा आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित हिमालय आँखा अस्पतालसँग सम्झौता गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र अस्पतालका मेडिकल डाइरेक्टर डा वविता गुरुङबीच आगामी पुस ३ गतेबाट निरन्तर रुपमा उपचार केन्द्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ । 

सम्झौता बमोजिम दैनिक रुपमा नेत्र प्राविधिकबाट आँखा उपचार सेवा प्रदान गरिने छ ।  आँखा उपचार सेवाले यस भेगका सर्वसाधारणलाई आँखा परीक्षणका लागि दमौली, खैरेनीटार जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।

आँखा उपचार केन्द्र सञ्चालनका लागि प्राविधिक र उपकरण हिमालय आँखा अस्पतालले र उपचार केन्द्र र सहयोगी म्याग्दे गाउँपालिकाले उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता अनुसार आँखा परीक्षण सेवाका लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताललाई वार्षिक रु छ लाख उपलब्ध गराउनेछ भने बिरामीहरुबाट सङ्कलित रकम गाउँपालिकाको आम्दानी हुनेछ । 

आँखा उपचार केन्द्रलाई प्रभावकारी एवं गुणस्तरीय रुपमा सञ्चालन गर्नका लागि आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिनेछ । उक्त सहयोग समितिको संयोजकमा थर्पु आधारभुत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनेछन् भने सह–संयोजकमा अध्यक्षले तोकेको एक जना समाजसेवी हुनेछन् । 

त्यस्तै सदस्यहरुमा म्याग्दे गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष, वडा नम्बर ७ का अध्यक्ष, हिमालय आँखा अस्पतालका व्यवस्थापक तथा व्यवस्थापकले तोकेको एक जना व्यक्ति, म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र सदस्य सचिवमा थर्पु अस्पतालका प्रमुख रहनेछन् । (रासस)

प्रकाशित : २४ मंसिर २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६