लवनी, २४ मंसिर
शुद्धोधन गाउँपालिका–६ सानो कर्मामा निर्माण गर्न लागिएको स्वास्थ्य चौकीका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमै रु १७ लाख बजेट विनियोजन गरेको छ। उक्त जानकारी गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले दिएका हुन्।

अध्यक्ष चौधरीका अनुसार स्वास्थ्य चौकी निर्माणका लागि करिब रु ३ करोड बराबरको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको छ। तर दक्षिण क्षेत्रमा निरन्तर देखिँदो स्वास्थ्य समस्या र डीपीआरअनुसारको कुल लागतको तुलनामा प्राप्त बजेट अत्यन्त न्यून भएको कारण काम अघि बढाउन चुनौती रहेको उनले बताए।
“दक्षिण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अझै कमजोर छ। डीपीआरअनुसारको संरचना निर्माण गर्न आवश्यक बजेट विनियोजन नभएकाले काम प्रभावकारी रूपमा अघि बढाउन कठिनाइ हुने देखिन्छ,” अध्यक्ष चौधरीले बताए।
उनका अनुसार उपलब्ध बजेटले प्रारम्भिक कार्य मात्र गर्न सकिने छ। बाँकी काम सहज गर्न प्रदेश र संघीय स्रोतसमेत जुटाउन पहल भैरहेको गाउँपालिकाले जनाएको छ।
स्वास्थ्य चौकी निर्माणका लागि तयार पारिएको डीपीआरले स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया