जीवनशैली

१४ औँ कपिलवस्तु डान्स आइडलः शीर्ष–८ बीच उपाधिको रोमाञ्चक भिडन्त



बाणगंगा २५ मंसिर,

बाणगंगास्थित बुद्ध रंगशालामा जारी १६ औँ कपिलवस्तु महोत्सव, कृषि–पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गतको १४ औँ कपिलवस्तु डान्स आइडल अब उपाधि यात्राको चरम उत्कर्षतर्फ उन्मुख भएको छ।

बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक प्रस्तुतीमा ९ जना सहभागीले आफ्ना उत्कृष्ट कला प्रदर्शन गरे पनि दर्शकबाट प्राप्त ५० प्रतिशत भोट र निर्णायक मण्डलको ५० प्रतिशत अंकको संयुक्त नतिजामा प्रतियोगी नं. ३ कविता खत्री बाहिरिएकी छन्। निर्णायकहरूमध्ये प्रमुख निर्णायक हरिशरण रिजालले प्रतियोगीहरूको स्तर अत्यन्तै प्रभावकारी रहेकाले छनोट प्रक्रिया चुनौतीपूर्ण भएको बताए।

कविता खत्री प्रतियोगिताबाट बाहिरिएसँगै अब शीर्ष ८ प्रतियोगीबीच उपाधिका लागि कठोर संघर्ष हुने आयोजकले जनाएको छ। फाइनल अडिसनबाट छानिएका १५ मध्ये निरन्तर मूल्यांकन हुँदै प्रतियोगिता शीर्ष ८ मा सीमित बनेको हो।

शुक्रबार हुने अर्को चरणमा प्रतियोगी नं. १ ओजस्वी क्षेत्री, नं. २ सचिन परियार, नं. ६ रंजिता क्षेत्री, नं. ७ गिताञ्जली मगर, नं. ९ समृद्धि पन्त, नं. १० अपराजिता घिमिरे, नं. ११ अर्पिता पोख्रेल र नं. १३ खुसी थारुबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ। आइडल संयोजक पदम सेनका अनुसार आगामी दिनहरूमा क्रमिक रूपमा प्रतियोगीहरू बाहिरिँदै अन्तिम नतिजा सार्वजनिक गरिनेछ।

१४ औँ कपिलवस्तु डान्स आइडलको विजेताले १ लाख ३१ हजार १ सय ३१ रुपैयाँ नगदसहित चाँदीको टोपी प्राप्त गर्नेछ। द्वितीय, तृतीय र सान्त्वना विजेताले क्रमशः ८१ हजार १ सय ८१, ६१ हजार १ सय ६१ तथा ३१ हजार १ सय ३१ रुपैयाँ नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र र आकर्षक उपहार पाउनेछन्। साथै ४ जना प्रतिभावान प्रतियोगीलाई राष्ट्रिय स्तरको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्रदान गरिनेछ।

अब बाँकी ८ प्रतियोगीमध्ये कसले उपाधिको चाँदीको टोपी पहिरिने हो भन्ने उत्सुकता दर्शकमाझ उच्च बनेको छ। आइडल–१४ को अन्तिम परिणाम पुस १ गते घोषणा गरिनेछ।

प्रकाशित : २६ मंसिर २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६