लक्ष्मण प्रसाद बेल्बासे
बाणगंगा २६ मंसिर
बाणगंगा नगरपालिकामा व्यवसाय दर्ता तथा प्राइभेट फर्म दर्ता दुवै क्षेत्रमा उतार–चढाव देखिए पनि समग्र अवस्थाले व्यवसायिक चलायमानता तीव्र हुँदै गएको संकेत गरेको छ ।
बाणगंगा नगरपालिकाको राजश्व शाखाले आ.व. २०८१÷८२ को सार्वजनिक गरेको तथ्यांक अनुसार दर्ता संख्या, कूल दर्ता संचित स्थिति र खारेजी—सबै सूचक गत वर्षको तुलनामा परिवर्तन देखिन्छन्। प्राइभेट फर्म दर्ता १३.६ प्रतिशतले घट्न पुगेकोल छ । आ.व. ०८०÷८१ मा १४७ प्राइभेट फर्म दर्ता भए पनि आ.व. ०८१÷८२ मा यो संख्या घटेर १२७ मा सीमित भयो। यो १३.६ प्रतिशतको कमी हो। आर्थिक अनिश्चितता, वैकल्पिक व्यवसाय संरचना तर्फ आकर्षण तथा विद्यमान फर्महरूको रूपान्तरण कारक भएको राजश्व शाखा प्रमुख मदन घिमिरेले जानकारी दिनु भयो । सामान्य व्यवसाय दर्ता भने ६.२ प्रतिशतले बढ्न पुगेको छ । सामान्य व्यवसाय दर्ता भने वृद्धि भएको छ । गत वर्ष २८७ व्यवसाय दर्ता भए भने आ.व. ०८१÷८२ मा यो संख्या बढेर ३०५ पुगेको छ, जुन ६.२ प्रतिशत वृद्धि हो।
यो तथ्यांकले नगरमा साना तथा मध्यम उद्योग÷व्यवसाय स्थापना गर्न वातावरण सकारात्मक रहेको संकेत गर्छ। हालसम्मको कुल दर्ता संख्या उल्लेख्य रूपमा वृद्धि भई आ.व. ०८१÷८२ अन्त्य सम्म—प्राइभेट फर्म दर्ता ९६० पुगेको छ (अघिल्लो वर्षको ८३३ को तुलनामा १५.२% वृद्धि) हो ।
व्यवसाय दर्ता ३ हजार २ सय ५ पुगेको छ (गत वर्षको २,९०० को तुलनामा १०.५% वृद्धि) हो । कुल दर्ता संख्यामा आएको वृद्धि दरले नगरमा दीर्घकालीन रूपमा व्यवसायिक आधार विस्तार भइरहेको प्रष्ट देखाउँछ।
व्यवसाय खारेजीमा २८.९ प्रतिशत वृद्धि देखाउन्छ । त्यस्तै व्यवसाय दर्ता बढेसँगै खारेजी पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। गत वर्ष ८३ व्यवसाय खारेजी भएका थिए भने ०८१÷८२ मा यो संख्या १०७ पुगेको छ । करिब २८.९ प्रतिशत वृद्धि हो । अर्थ शास्त्रीका अनुसार बजार प्रतिस्पर्धा तीव्र हुनु, पूँजी अभाव, कर व्यवस्थापनमा चुनौती तथा अनौपचारिक व्यवसायतर्फको झुकाव यसको प्रमुख कारण हुन सक्छ।
समग्र ब्यवसायी दर्ता, खारेजीलाई विश्लेषण गर्दा विस्तार, स्थायित्वको चुनौती तथ्यांकले देखाउँछ । व्यवसाय दर्ता वृद्धि, कुल संचित दर्तामा तीव्र वृद्धि, प्राइभेट फर्म दर्तामा कमी, व्यवसाय खारेजीमा तीव्र वृद्धि यो मिश्रित संकेतले बाणगंगा नगरपालिकामा व्यवसायिक अवसर त बढिरहेको छ, तर व्यवसाय स्थायित्व, पूँजी व्यवस्थापन र बजार टिकाउपन सम्बन्धी चुनौती भने अझै कायम रहेको देखाउँछ। यसले उद्योगी, ब्यवसायीको समग्र स्थायित्वका लागि स्थानिय सरकारको भूमिका के आवश्यक छ । यसका निम्ति अल्पकालिन र दीर्घकालिन उद्योगी, बयवसायी मैत्री वातावरण निर्माणमा स्थानिय सरकारको भूमिका थप खोजेको प्रष्ट तथ्यांकले देखाएको छ ।
घरेलु उद्योग तथा राजश्व कार्यालयमा दर्ता र खारेजी दुवै बढे, आ.व. ०८१÷८२ मा व्यवसायिक गतिविधि विस्तारको संकेत
बाणगंगा २३ मंसिर
कपिलवस्तु — आ.व. २०८१÷८२ को वार्षिक प्रगति विवरण अनुसार जिल्लामा व्यवसाय दर्ता तथा प्राईभेट फर्म दर्ता दुवै क्षेत्रमा उतार–चढाव देखिए पनि समग्र सूचकले व्यवसायिक गतिविधि विस्तार हुँदै गएको संकेत दिएको छ। घरेलु उद्योग तथा राजश्व शाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दर्ता संख्या, कूल दर्ता संचित स्थिति र व्यवसाय खारेजी—सबैमा गत वर्षको तुलनामा परिवर्तन देखिन्छ।
प्राईभेट फर्म दर्तामा १३.६% ले कमी । गत आ.व. ०८०÷८१ मा १४७ प्राईभेट फर्म दर्ता भए पनि चालू आ.व. ०८१÷८२ मा यो संख्या घटेर १२७ मा झरेको छ । यो १३.६ प्रतिशत कमी हो। विशेषज्ञहरूको अनुमानमा आर्थिक अनिश्चितता, वैकल्पिक व्यवसाय संरचनाप्रति आकर्षण तथा विद्यमान फर्महरूको रूपान्तरण यसको कारण हुन सक्छ । व्यवसाय दर्ता भने ६.२% ले बढ्यो । उता, सामान्य व्यवसाय दर्ता भने २८७ बाट बढेर ३०५ पुगेको छ, जुन ६.२ प्रतिशत वृद्धि हो । यो वृद्धि जिल्लामा साना तथा मध्यम व्यवसाय स्थापना गर्न सकारात्मक वातावरण रहेको दाबीलाई बल दिन्छ ।
हालसम्मको कुल दर्ता संख्या उल्लेख्यरी बढ्यो । आ.व. ०८१÷८२ अन्त्य सम्म प्राईभेट फर्म कुल दर्ता ९६० पुगेको छ, गत वर्षको ८३३ को तुलनामा १५.२% वृद्धि, व्यवसाय कुल दर्ता ३,२०५ पुगेको छ, जुन अघिल्लो वर्षको २,९०० को तुलनामा १०.५% वृद्धि हो ।
कुल दर्ता वृद्धि दरले जिल्लामा दीर्घकालीन रूपमा व्यवसायिक आधार विस्तार भइरहेको संकेत गर्छ । व्यवसाय खारेजीमा २८.९% वृद्धि, व्यवसाय दर्ता वृद्धि भएको छ तर खारेजी पनि उल्लेख्य रूपमा बढेको छ । गत वर्ष ८३ व्यवसाय खारेजी भए पनि यस वर्ष यो संख्या १०७ पुगेको छ । करिब २८.९% वृद्धि । विश्लेषकहरूका अनुसार बजारमा प्रतिस्पर्धा तीव्र हुनु, पूँजी अभाव, कर प्रबन्धमा समस्या, तथा अनौपचारिक व्यवसायतर्फको झुकाव यसको कारण हुन सक्छ।
समग्र नतिजा ः व्यवसायिक गतिविधि विस्तार तर स्थायित्वको चुनौती , तथ्याङ्कले देखाउँछ— व्यवसाय दर्ता वृद्धि, कुल संचित दर्ता तीव्र वृद्धि, प्राईभेट फर्म दर्तामा कमी, खारेजीमा तीव्र वृद्धि । यो दोहोरो तस्वीरले जिल्लामा व्यवसायिक अवसर विस्तार भए पनि व्यवसाय टिकाउपन र बजार स्थायित्वसम्बन्धी चुनौती अझै विद्यमान रहेको देखाउँछ।








प्रतिक्रिया