अर्थ-वाणिज्य

मेरिट सहकारीको १४औँ केन्द्रीय साधारण सभा सम्पन्न



कपिलवस्तु, २७ मंसिर


मेरिट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ केन्द्रीय साधारण सभा बाणगंगा नगरपालिका–ठाकुरापुरमा शनिबार सम्पन्न भएको छ।

केन्द्रीय साधारण सभामा संस्थाका सचिव भुवनेश्वर पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष यमलाल भट्टराईले आर्थिक प्रतिवेदन पेश गर्नुभयो। यस्तै, लेखा समिति संयोजक शिवलाल बेल्बासेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम संस्थाका अध्यक्ष विष्णु खनालले प्रस्तुत गर्नुभयो।

संस्थामा हाल ४ हजार ४ सय ५८ जना शेयर सदस्य रहेका छन्। संस्थाको करिब ६० करोड रुपैयाँ बराबरको वासलात रहेको र करिब ४६ करोड रुपैयाँ लगानीमा रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत सरोज खनालले दिनुभयो।

साधारण सभा संस्थाका अध्यक्ष विष्णु खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष मित्रलाल शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव भुवनेश्वर पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

सभामा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि बाबुराम आचार्य तथा संस्थाका पूर्व अध्यक्ष टिकाराम पौडेलले मन्तव्य राख्दै सहकारीले स्थानीय आर्थिक विकास र सदस्यको समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

प्रकाशित : २८ मंसिर २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६