देश

देशभरका ६७० स्थानीय तहद्वारा जमिनको नक्सा अद्यावधिक



काठमाडौँ, २९ मङ्सिर

देशभरका ६७० स्थानीय तहले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् ।

भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती स्थानीय तहले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न कारणले ८३ स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका छैनन् । भू–उपयोग वर्गीकरणका लागि २६१ स्थानीय तहले आधार तथा मापदण्ड नक्सा अद्यावधिक गरी कित्तागत विवरण सम्पन्न गरेका छन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले १६० स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गरी कित्तागत विवरण तयार गरेको जानकारी दिनुभयो । 

त्यसमध्ये सम्बन्धित स्थानीय तहले आ–आफ्नो स्थानीय तहभित्रका जग्गाको वर्गीकरण नक्सा अद्यावधिक गर्दै गरेको १५३ तथा हालसम्म आधार तथा मापदण्ड तयार गर्दै गरेका ४४ स्थानीय तह छन् । कृषि क्षेत्र मात्र ५२ स्थानीय तहले तयार पारेका छन् ।

भूउपयोग ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरणका लागि अधिकार तोकिएको छ । कृषि र गैरकृषि जग्गाको वर्गीकरण छिट्टै भएमा त्यसको आधारमा कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति तथा व्यवस्थित सहरीकरण र सुरक्षित आवासको व्यवस्थापन गर्न सहज हुने पूर्वाधार विकास, प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ । स्थानीय तहलाई भू–उपयोग वर्गीकरणका लागि आगामी असार मसान्तसम्म समय अवधि तोकिएको छ ।(रासस)

प्रकाशित : ३० मंसिर २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६