जीवनशैली

नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलनको सुरु



महेन्द्रनगर (धनुषा), ५ पुस

नेपाल जेसिजको ५२औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन जनकपुरधाममा आजदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोज साहले सम्मेलनको उद्घाटन गर्नुभयो । नगरप्रमुख साहले युवाहरूको नेतृत्व विकास, सामाजिक सेवा र सकारात्मक परिवर्तनमा जेसिजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जनकपुर जेसिजले समाजमा चेतना फैलाउन र युवालाई जिम्मेवार नागरिक बनाउन खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । यही पुस ७ गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछीमा सञ्चालन हुने सम्मेलनमा जेसिजका १८६ शाखामा आबद्ध पाँच हजारभन्दा प्रतिनिधिहरु सहभागी छन् । सम्मेलनमा ओरेटरी कन्टेस्ट, थिम सेमिनार, राष्ट्रिय एसेम्बलीलगायत नेपाल जेसिजका विभिन्न नेतृत्व विकास, व्यक्तित्व विकास तथा सङ्गठनात्मक गतिविधिहरू सञ्चालन हुने निर्देशक सुधिर पजियारले बताउनुभयो । सम्मेलनले जनकपुरको पर्यटन, होटल व्यवसाय तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको जनकपुर जेसिजका पूर्वअध्यक्ष रामकिशोर साहको भनाइ छ । साथै, युवा नेतृत्व विकास र राष्ट्रियस्तरको सञ्जाल विस्तारमा सम्मेलन महत्वपूर्ण हुने बताइएको छ । सन् १९७७ मा अध्यक्ष लक्ष्मीबहादुर निराला र प्रबन्ध निर्देशक सीताराम सिकारियाको नेतृत्वमा पहिलोपटक यहाँ महाधिवेशन आयोजना गरिएको थियो । त्यसपछि सन् १९९३ मा अध्यक्ष शम्भु साह, सन् २००३ मा सन्तोष साह र सन् २०१८ मा जितेन्द्र महासेठको नेतृत्वमा महाधिवेशन जनकपुरधाममै सम्पन्न भएको थियो । महाधिवेशनमार्फत सङ्गठनको आगामी कार्यदिशा, नेतृत्व चयन तथा सामाजिक गतिविधिहरूका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित : ५ पुस २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६