अन्तर्राष्ट्रिय

आज विश्व ध्यान दिवस मनाइँदै



काठमाडौँ, ६ पुस

संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो । नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ । एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसङ्घले ध्यान दिवसलाई मान्यता दिएको हो । सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ । त्यसैगरी, दक्षिणकाली नगरपालिका–१ स्थित बोसनमा रहेको ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानका बारेमा अन्तरक्रियासहित सामूहिक ध्यान गर्ने कार्यक्रम रहेको छ । यस अवसरमा अन्य सरोकार भएका निकायले पनि आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

प्रकाशित : ६ पुस २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६