जीवनशैली

नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई



मोरङ, ७ पुस

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले तोकिएको मितिमा चुनाव गराएमा एमाले सहभागी हुने तर हालसम्म चुनावको वातावरण सरकारले नबनाएको उहाँले आरोप लगाउनुभयो । कोशी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहनुभएका राईले प्रदेश सरकार चाँडै पुनर्गठन हुने समेत बताउनुभयो । उहाँले यसअघि नै पुनर्गठनको तयारी गरिए पनि महाधिवेशनलगायतका कारणले ढिलाइ भएकाले अब चाँडै मन्त्रिपरिषद् हेरफेर हुने जानकारी दिनुभयो । उहाँले प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साझेदार दल नेपाली कांग्रेससँग एकदुई दिनमा छलफल हुने बताउनुभयो ।

प्रकाशित : ७ पुस २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६