खेलकुद

कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै



लुम्बिनी, ८ पुस

भारतमा हुने अन्तरराष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय कराते टिम त्यसतर्फ जाने भएको छ । जापान गोजुरियो कराते डो मिसन सङ्घ नेपालको नेतृत्वमा नेपाली टिम भारत जान लागेको हो । सङ्घले आज भैरहवामा पत्रकार सम्मलेन गरी भारतको महाराष्ट्रस्थित पुणेमा यही पुस १४ र १५ १७ औँ अन्तरराष्ट्रिय खुला कराते च्याम्पियनसिप–२०२५ मा सहभागि हुन नेपाली खेलाडीहरूको टोली त्यसतर्फ जान लागेको जानकारी गराइयो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भुटान गरी पाँच राष्ट्रका खेलाडीहरूको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा नेपाली टिमको नेतृत्व गर्दै प्रमुख प्रशिक्षक काजी रानासहित भारत जान लाग्नुभएको छ । नेपाली टिममा २२ कराते खेलाडी, प्रशिक्षक र अफिसियल छ जना गरी २८ जना सहभागी हुनेछन् । सङ्घका सचिव गिरीप्रसाद पुनले विगतका वर्षहरूमा जस्तै यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशिक्षक तथा सङ्घका संस्थापक काजी रानाले प्रशिक्षण अनुशासन, शिक्षा खेल कौशल हेरेर खेलाडी छनोट गरिएकाले च्याम्पियन बन्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घका लुम्बिनी प्रदेश सल्लाहकार भरतबहादुर केसीले कुनै तहका सरकारले पनि सहयोग नगरेको तर राम्रो प्रशिक्षण लिएको र लगनशील भएकाले उपाधि जित्ने विश्वास गर्नुभयो । प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरू लुम्बिनी प्रदेशका जिल्लाहरूका छन् । सङ्घका अनुसार भारतमा नेपाली खेलाडीले उमेर र तौल समूहमा स्पर्धा गर्नेछन् । नेपाली टिम यसअघि २०१७, २०२१ र २०२३ मा च्याम्पियन बनेको थियो ।

प्रकाशित : ८ पुस २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६