ब्रेकिंग न्युज

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित



कीर्तिपुर (काठमाडौँ), १० पुस

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित भएका छन् । आज काठमाडौँमा आयोजित दीक्षान्त समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधिसहित १६ हजार ३८० जना विद्यार्थी दीक्षित भएका हुन् । शैक्षिक उपाधि पाउनेमध्ये स्नातक तहका ११ हजार २३४, अधिस्नातक १४, स्नातकोत्तरका चार हजार ८६०, दर्शनाचार्य (एमफिल) का १२० र विद्यावारिधिका १५२ विद्यार्थीले आज दीक्षान्त समारोहमा भाग लिएका हुन् । कार्यक्रममा विभिन्न सङ्कायबाट सर्वोच्च नतिजा ल्याउने २२ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सीपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न आह्वान गर्नुभयो । उहाँले चार लाखभन्दा बढी विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक–विद्यार्थीको अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा दिनुपर्ने चुनौती रहेको बताउनुभयो । समारोहका प्रमुख अतिथिका रूपमा रहनुभएका भौतिक शास्त्रतर्फ सन् २०१५ को नोबेल पुरस्कार विजेता प्राध्यापक डा ताकाआकी काजिताले आफूले विद्यावारिधि प्राप्त गरेपछि पनि निरन्तर खोज, अनुसन्धान र अध्ययन जारी राखेकाले नोबेल पुरस्कर प्राप्त गर्नसक्ने क्षमता विकास भएको बताउनुभयो । समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति महावीर पुनले अबको विश्वले व्यक्तिलाई ‘तपाईंसँग कुन डिग्री छ ?’ भन्दा पनि ‘तपाईं के गर्न सक्नु हुन्छ ?’ भनेर सोध्ने भएकाले आफ्नो ज्ञान र सीपलाई समाज परिवर्तनका क्षेमा लगाउनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले विद्यार्थीको उज्वल भविष्यको सुरुवात दीक्षान्तबाट हुने बताउँदै आफूले सिकेका सैद्धान्तिक ज्ञान व्यवहारमा कार्यान्वयन गर्दै जानुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित : १० पुस २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६