अर्थ-वाणिज्य

सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु



काँक्रेविहार (सुर्खेत), ११ पुस

सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण हुने भएको छ । आज यहाँ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त पोखरी निर्माणकार्य शुभारम्भ गनुभयो । उहाँले विपद्का घटना अकस्मात हुने हुँदा पूर्वतयारीका लागि पोखरी उपयोगी हुने बताउनुभयो । मुख्यमन्त्री कँडेलले बढ्दो सहरीकरणका कारण आगजनीका घटना दिनप्रति दिन बढिरहेकाले हेलिकप्टरसहित दमकलबाट अग्नी नियन्त्रण गर्न पोखरी निर्माणले सहज हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले विपद् न्यूनीकरण गर्न नेपाली सेनालगायत सुरक्षा निकायहरूसँग सहकार्य गरिरहेको बताउँदै विपद् न्यूनीकरणमा सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । प्रदेश सरकारले नेपाली सेनासँगको सहकार्यमा पोखरी निर्माण गर्न लागेको हो । विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरवेशको हाताभित्र निर्माण हुने पोखरीबाट आगलागीका बेला हेलिकप्टरमार्फत पानी भरेर आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रविधिलाई ‘बम्वी बकेट’ भनिन्छ यसको अर्थ हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर डढेलो वा आगलागी नियन्त्रण गरिन्छ । उक्त पोखरी अधिकतम ९७ फिट लामो र १३ फिट गहिरो हुने पोखरीको लागत रु ९९ लाख ९६ हजार २०० रहने उपसचिव गौतमले जानकारी दिनुभयो निर्माण शुभारम्भ गर्न आयोजित कार्यक्रम प्रमुख सचिव वीरेन्द्रकुमार यादव, पश्चिम पृतनाका सहायक रथी, सञ्जयकुमार रञ्जित, नं ४ बाहिनी नेपालगञ्जका बाहनीपति दिनेशजङ्ग शाह, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी माधव श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रकाशित : ११ पुस २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६