अर्थ-वाणिज्य

चेम्बर हिरक जयन्तीका अवसरमा ‘कर्पोरेट गल्फ’



काठमाडौँ, १२ पुस

नेपाल चेम्बर अफ कमर्सले हिरक जयन्तीको अवसरमा ‘कर्पोरेट गल्फ’ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौँको सिनामङ्गलस्थित रोेयल नेपाल गल्फ क्लबमा आज निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा चेम्बरले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा विभिन्न १५ जना विजेतालाई पुुरस्कार वितरण गरिएको थियो । विजेता खेलाडीलाई चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्षद्वय राजेशकाजी श्रेष्ठ, राजेन्द्र मल्ल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा चेम्बरका उपाध्यक्ष एवं गल्फ प्रतियोगिताका संयोजक अर्जुुन शर्माले ७५ वर्षको चेम्बरको यात्रा वास्तवमै ऐतिहासिक र प्रेरणादायी रहेको बताउनुुभयो । “सात दशकभन्दा लामो समयदेखि नेपाल चेम्बर अफ कमर्सले मुुलुकमा व्यापार, उद्योग, उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, उहाँले भन्नुभयो । संयोजक शर्माले नेपालमा खेलकुद पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले कर्पोरेट गल्फ आयोजना गरिएको उल्लेख गनुृभयो । हिरक जयन्तीका अवसरमा आयोजित गल्फ प्रतियोगिताले खेलकुुद मात्र नभई चेम्बरको सामाजिक सक्रियता, अनुशासन, एकाग्रता, इमानदारी र दीर्घकालीन दृष्टिकोणलाई प्रतिविम्बित गर्ने उहाँको भनाइ छ । चेम्बरको ७५औँ स्थापना दिवस एवं हिरक जयन्तीका अवसरमा संस्थाले वर्षभरी विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । —

प्रकाशित : १२ पुस २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६