अर्थ-वाणिज्य

किसानसँग कोटाभन्दा बढी धान खरिद



राँझा (बाँके), १५ पुस

नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयले यस वर्ष बाँकेका किसानसँग कोटाभन्दा बढी धान खरिद गरेको छ । यस वर्ष नेपालगञ्ज कार्यालयले १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिदको कोटा पाएको थियो । मोटा र मध्यम गरी २० क्विन्टल खरिदको कोटा पाएकामा १५ हजार २९४ दशमलव ५० क्विन्टल मोटा र चार हजार ९९९ दशमलव ७० क्विन्टल मध्यम गरी २० हजार २९४ दशमलव २० क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार मोटा धान रु पाँच करोड २९ लाख ७७ हजार २४२ र मध्यम धान रु एक करोड ८१ लाख ४० हजार ५६१ को धान खरिद गरिएको छ । मोटा धानको रु तीन हजार ४६३ दशमलव ८१ पैसा र मध्यम धानको रु तीन हजार ६२८ दशमलव ३३ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको लामिछानेले बताउनुभयो । केन्द्रबाट सीमित बजेट छुट्याइएको र सोहीअनुसार धान खरिदको कोटा प्राप्त भएकाले सोहीअनुसारको खरिद गरिएको बताउँदै उहाँले योसँगै यस वर्षलाई धान खरिद कार्य बन्द गरिएको उल्लेख गर्नुभयो । गत वर्ष कार्यालयले ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो ।

प्रकाशित : १५ पुस २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६