खोज–अनुसन्धान

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल



मुस्ताङ, १६ पुस

अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने यहाँ आउनेहरु नघटेको उहाँको भनाइ छ । अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ । भुसालका अनुसार हाल मन्दिरमा दैनिक औसत एक हजार ५०० दर्शनार्थी आइरहेका छन् । मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारामा जलसेचन र कुण्डमा स्नान दर्शन गरी मन्दिर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास छ । चिसोका कारण स्वास्थ्यमा समस्या आउनेहरुलाई मुक्तिनाथ विकास समितिले हेरचार गर्दै आएको छ । समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मी राखेको छ । चिसोमा पनि पर्यटन आउने क्रम जारी रहेपछि होटल व्यवसाय पनि फस्टाएको छ । यहाँ स्वदेश र विदेशबाट पनि पर्यटकहरु आउने गरेका छन् । विशेष गरी भारतीय पर्यटकहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ । हुम्लाबाट मुक्तिनाथ आउनुभएका सुन्दर राउतले मुक्तिनाथको दर्शन गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । मुक्तिनाथ मन्दिरको महिमा र यसको चर्चा सुनेपछि आफू यहाँ आएको बताउनुभयो । साथै जाजरकोटबाट आउनुभएका देवबहादुर रोकायाले पनि धार्मिक तपोभूमिमा धार्मिक आस्था र विश्वास लिएर दर्शन गर्न आएको बताउनुभयो । पछिल्लो समय नेपाल–चीन जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको यात्रा सहज भएपछि मुस्ताङमा पर्यटक बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरम्म दुई लाख तीन हजार २९२ जना आन्तरिक र ४८ हजार १०९ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ । —

प्रकाशित : १६ पुस २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६