ब्रेकिंग न्युज

प्राइमरी इलेक्सनको अवमूल्यन भयो : डा. तोसिमा कार्की



काठमाडौँ, १७ पुस

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा निवर्तमान सांसद डा. तोसिमा कार्कीले पार्टीभित्र प्राइमरी इलेक्सनको मर्म र मूल्यलाई बेवास्ता गरिएको टिप्पणी गरेकी छन् ।

प्राथमिक निर्वाचनमा अगाडि आएका उम्मेदवारहरू समानुपातिक सूचीमा पछाडि पारिएको भन्ने चर्चा चलिरहेका बेला डा. कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी हुन् । उनले यस्तो अभ्यासले पार्टीलाई पुराना दलहरूभन्दा फरक देखाउन नसकेको उल्लेख गरेकी छन् ।

डा. कार्कीले पार्टीका सचिवालय सदस्य तथा पदाधिकारीहरू सधैँ ‘पोजिसन अफ बेनिफिट’मा रहने प्रवृत्तिप्रति प्रश्न उठाएकी छन् । उनले पार्टीको महाधिवेशन नभएसम्म हालका पदाधिकारी तथा सचिवालय सदस्यहरू निर्वाचनबाट नभई मनोनयनका आधारमा पदमा रहेको भन्दै त्यही पदमा बसेर समानुपातिक सूचीमा अग्रस्थान सुरक्षित गरिनु प्राइमरी इलेक्सनकै धज्जी उडाइनु भएको टिप्पणी गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “पार्टीभित्रै पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीमा नाम राख्ने, त्यो पनि प्राइमरी भोटिङलाई बेवास्ता गर्दै अग्रपङ्तिमा सुरक्षित गर्ने प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन।”

डा. कार्कीले पार्टीको प्रमुख जिम्मेवारी सम्हाल्ने नेताहरूले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने धारणा समेत राखेकी छन् । पार्टी अहिले ठूलो र स्थापित भइसकेको अवस्थामा नेतृत्वले चुनाव लड्न डराउन नहुने उनको भनाइ छ ।

उनले भनिन्, “सचिवालय सदस्य र पदाधिकारीहरू नै चुनाव लड्न डराए भने अरू कार्यकर्ताले के सिक्ने? यदि हामी साँच्चिकै उदाहरणीय नेतृत्व दिन चाहन्छौँ भने सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले समानुपातिक सूचीबाट आफ्नो नाम हटाएर प्रत्यक्ष निर्वाचन लड्ने साहस गर्नुपर्छ।” साथै, उनले समानुपातिक सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रूपमा निषेध गर्नुपर्नेमा पनि जोड दिएकी छन् ।


प्रकाशित : १७ पुस २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६