देश

प्रतिनिधिसभा निर्वाचनः झापा–५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस



झापा, १९ पुस

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको छ । पार्टीको आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिनुभयो । झापा–५ ओलीको गृह निर्वाचन क्षेत्र हो । उहाँ यही क्षेत्रबाट विसं २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ को संसदीय चुनावमा निर्वाचित हुनुभएको थियो । तर, विसं २०६० मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पराजित हुनुभएको थियो । विसं २०६४ मा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा उहाँ यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यसैगरी, झापा निर्वाचन क्षेत्र ४ बाट तीन जनाको नाम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएको छ । उक्त क्षेत्रमा लालबहादुर साँवा लिम्बू, हिरा थापा र भोजकुमारी नेपालको नाम आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष गिरीले जानकारी दिनुभयो । झापामा पाँचवटा निर्वाचन क्षेत्र छन् । झापा निर्वाचन क्षेत्र नं १, २ र ३ को उम्मेदवारको नाम आइतबारसम्ममा सिफारिस भइसक्ने उहाँले बताउनुभयो । हरेक निर्वाचन क्षेत्रबाट अनिवार्य एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न पार्टीले ‘सर्कुलर’ गरेको जनाइएको छ । —

Powered By  Orson Infotech

प्रकाशित : १९ पुस २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६