देश

प्रधानमन्त्री कार्की र मधेश प्रमुख लाभबीच भेटवार्ता



काठमाडौँ, २३ पुस

प्रधानमन्त्री सुशीला कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको भेटवार्तामा हालै उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिको सम्बोधन गर्दै शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न भएका प्रयासहरुको समीक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा उहाँहरुबीच देश निर्वाचनको महत्वपूर्ण चरणतर्फ अघि बढिरहेको सन्दर्भमा सम्भावित चुनौतीप्रति सजग रहँदै राज्यका सबै संयन्त्र परिचालन गरी अनुकूल वातावरण निर्माण गर्नुपरेको विषयमा छलफल भएको थियो । प्रदेश प्रमुख लाभले समाजका विविध तह र तप्काबीच सन्तुलित र अभिभावकीय भूमिका निर्वाह गरिरहनुभएको उल्लेख गर्दै प्रधानमन्त्रीले र, यसमा सबै पक्षको साथ र सहयोग अपेक्षित रहेको स्पष्ट पार्नुभएको छ । —

प्रकाशित : २३ पुस २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६