देउखुरी (दाङ), २३ पुस
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दर्ता गरेको छ । सो पार्टीबाट प्युठानका बोमबहादुर खत्री र पद्मा पण्डितले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्युठानको मल्लरानी गाउँपालिका–२ का खत्रीले ‘अन्य’ र प्युठान नगरपालिका–८ का पद्मा पण्डितले ‘महिला’ क्लस्टरमा उम्मेदवारी दर्ता गराउनुभएको हो । खत्रीको प्रस्तावकमा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का र समर्थकमा ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ रहनुभएको छ । पण्डितको प्रस्तावकमा भूमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा र समर्थकमा स्वर्गद्वारी नगरपालिका उपप्रमुख मीनराज रानामगर रहनुभएको छ । —








प्रतिक्रिया