ब्रेकिंग न्युज

फरक क्षमता भएकालाई गुल्मी जिल्ला समाजद्वारा आर्थिक सहयोग



गुल्मी, २३ पुस

बेलायतस्थित गुल्मी जिल्ला समाजले फरक क्षमता भएकी इस्मा गाउँपालिका–३ की ४२ वर्षीया बीना नेपालीलाई रु ५० हजार र गुल्मीदरबार गाउँपालिका–५ का २४ वर्षीय रवीन रानालाई पनि त्यति नै नगद प्रदान गरेको छ । समाजले अपाङ्गता दिवसका अवसरमा उनीहरूलाई आर्थिक सहयोग गरेको हो । साथै समाजले फरक क्षमताकी नेपालीका निम्ति अपाङ्गमैत्री शौचालय पनि निर्माण गरिदिएको छ । यसैगरी, समाजले सत्यवती गाउँपालिका–४ का अशक्त ईश्वर शर्मा, अनुज ज्ञवाली र गुल्मीदरबार गाउँपालिका–५ का नेत्रबहादुर रानालाई पनि जनही रु ५० हजार प्रदान गरेको छ । समाजले बुधबार एक विज्ञप्ति निकालेर सत्यवती बहुमुखी क्याम्पसलाई रु एक लाख, आशा अपाङ्ग केन्द्रलाई रु एक लाख, रेडियो पुष्पाञ्जलीलाई रु ५० हजार र रुरुक्षेत्रमा रहेको अटिजम पाठशालालाई रु ५० हजार प्रदान गरेको जनाएको छ । –––

प्रकाशित : २३ पुस २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६