ब्रेकिंग न्युज

‘विश्व म्याराथन च्यालेञ्ज’मा दौडिँदै जोशी



काठमाडौँ, २४ पुस

सात महादेशमा सातदिन लगातार सञ्चालन हुने ‘विश्व म्याराथन च्यालेञ्ज’मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन् । अन्टार्कटिकाबाट सुरु भएर अमेरिकाको मियामीमा सम्पन्न हुने उक्त म्याराथनमा सहभागी हुने जोशी नेपाली मूलका एक्लो खेलाडी हुन् । ‘वल्र्ड म्याराथन च्यालेञ्ज’ आगामी माघ १७ देखि २३ गतेसम्म चल्ने छ । उनी ४२ दशमलव १९ किमी दूरी रहने म्याराथनका सात सिरिजमा २९४ किमी दूरी सात दिनमा दौडिने छन् । जोशी नेपाली पोसाक दौरा सुरुवालमा नेपाल र अमेरिकाको झन्डा बोकेर दौडिने बताइएको छ । ‘वल्र्ड म्याराथन च्यालेञ्ज’ सन् २०१५ देखि सुरु भएको हो । उक्त म्याराथनमा भारत, चीन, अमेरिका, अस्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानडा, युक्रेन, नर्वे, अस्ट्रिया, डेनमार्क, हङकङ, न्युजिल्यान्ड, रोमानियासहित ३० भन्दा बढी देशका ५४ धावक सहभागी हुने बताइएको छ । जोशी सन् २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिँदै आएका छन् । सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा बस्दैआएका छन् । उनी यसअघि विश्वका दुई दर्जनभन्दा बढी म्याराथन प्रतियोगितामा सहभागी भइसकेका छन् ।

प्रकाशित : २४ पुस २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६