अर्थ-वाणिज्य

स्थानीय तहमा स्वास्थ्य सेवा विस्तारमा सहकारीको महत्वपूर्ण भूमिका प्रदेश सभा सदस्य पन्थी

युनाइटेड बहुउद्देश्यीय सहकारीको अध्यक्षमा चालिसे



कपिलवस्तु, २८ पुस

पूर्व स्वास्थ्य मन्त्री एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले स्थानीय तहसम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सहकारीको भूमिकाले ठूलो सहजता ल्याएको बताउनु भएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–४ ठाकुरापुरमा रहेको युनाइटेड अस्पतालको सञ्चालक संस्था युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
प्रदेश सभा सदस्य पन्थीले सामान्य उपचारका लागि समेत जिल्ला वाहिर धाउनुपर्ने बाध्यता क्रमशः हट्दै गएको उल्लेख गर्दै युनाइटेड अस्पतालले कपिलवस्तु मात्र नभई छिमेकी जिल्लाका बिरामीहरूलाई समेत सेवा प्रदान गरिरहेको बताउनुभयो। सहकारी मार्फत सञ्चालित यस अस्पतालले ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष राहत पु¥याएको उहाँको भनाइ थियो।
साधारण सभामा जिल्ला समन्वय समिति कपिलवस्तुका सभापति बाबुराम आचार्यले सहकारी संस्थाहरूले सहकारीका मूल सिद्धान्त, नियम र विधिको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले युनाइटेड अस्पताल व्यवस्थित र अनुशासित ढंगले सञ्चालन हुँदै आएको र त्यसैले आम नागरिकको विश्वास जित्न सफल भएको बताउनुभयो।


सहकारीका अध्यक्ष मुनाराम चालिसेले कुनै पनि संस्था एकल प्रयासबाट मात्र सफल हुन नसक्ने स्पष्ट पार्दै सहकारी सञ्चालनमा सदस्य, सञ्चालक समिति र कर्मचारीहरूको साझा प्रयास अपरिहार्य हुने बताउनुभयो। सामूहिक जिम्मेवारी, पारदर्शिता र उत्तरदायित्वबाट मात्र संस्थाको दिगो उन्नति सम्भव हुने उहाँको धारणा थियो।
साधारण सभामा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन सचिव श्यामलाल खनालले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष भिमकान्त भट्टराईले पेश गर्नुभएको थियो। लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक यादव शर्माले प्रस्तुत गर्नुभएको थियो।
साधारण सभामा सञ्चालक समिति सदस्य सरोज खनाल उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल, समाजसेवी गंगाबहादुर जिसी, शैक्षिक व्यक्तित्व खिम जिसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

युनाइटेड बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः चालिसे
बाणगंगा, २८ पुस
युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो अधिवेशनबाट मुनाराम चालिसेको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन भएको छ।

उपाध्यक्षमा इन्दिरा तिमिल्सीना, सचिवमा खिमबहादुर जिसी तथा कोषाध्यक्षमा राम सुभागे थारु चयन हुनुभएको निर्वाचन समिति संयोजक गुणानिधि भुसालले जानकारी दिनुभयो।


यस्तै सञ्चालक समिति सदस्यहरूमा सरोज खनाल, अरुणकुमार पाण्डे, दामोदर पौडेल, उमा श्रेष्ठ र सुशिला घिमिरे चयन हुनुभएको सहकारीका कार्यकारी निर्देशक सुन्दर आचार्यले जानकारी दिनुभयो।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा बुद्धिकृष्ण पौडेल तथा सदस्यहरूमा कृष्णबहादुर विश्वकर्मा र टेकबहादुर थापा चयन हुनुभएको निर्वाचन समिति सदस्य कुलराज भुसालले जानकारी दिनुभयो।
यसै साधारण सभाले सरोज खनालको अध्यक्षतामा अस्पताल व्यवस्थापन समिति गठन गरेको छ। समितिको सदस्यमा माधव तिमिल्सिना, श्यामलाल खनाल, भिमकान्त भट्टराई, दोलखबहादुर पछाई, गोविन्द पौडेल र टिकाराम भुसाल रहनुभएको अस्पतालले जनाएको छ।

प्रकाशित : २८ पुस २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६