जीवनशैली

‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ पत्रकारिता विभाग प्रमुख डा नेपाललाई प्रदान गरिने



काठमाडौँ, २९ पुस

यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा जगत नेपाललाई प्रदान गरिने भएको छ । सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना गरिएको सो पुरस्कार विभागका प्रमुख डा नेपाललाई प्रदान गर्ने निर्णय भएको समाजका महासचिव श्याम डोटेलले जानकारी दिनुभयो । सो पुरस्कारको राशि रु २५ हजार एक रहेको छ । त्यसैगरी ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ पत्रकार चाँदनी हमाल र स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गर्ने निर्णय गरिएको छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा गोरखापत्र दैनिकमा कार्यरत हमाल निरन्तर कलम चलाउँदै आउनुभएको छ । ‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका मानन्धरलाई नेपाल भाषामार्फत पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउँदै सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको महासचिव डोटेलको भनाइ छ । पुरस्कारको राशि जनही रु १५ हजार एक रहेको छ । समाजको बैठकले आगामी माघ ३ गते शनिबार सुइरेचौर, शिवपुरी–७ स्थित संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २९ पुस २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६