देश

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा



काठमाडौँ, २९ पुस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी अझै बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ । विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा उहाँले यो महाधिवेशनले पार्टीलाई विभाजित गरेको भन्ने नहुने र यसले पार्टीलाई झन् पुनर्ताजगी गर्ने बताउनुभयो । “नेपाली कांग्रेसलाई बदल्नुछ, कांग्रेसलाई नवीन बनाउनुछ, त्यसका लागि विशेष महाधिवेशन हो”, उहाँले भन्नुभयो । महामन्त्री शर्माले आफूले सोमबारको बन्दसत्रमा पेस गरेको प्रस्तावमा महाधिवेशन प्रतिनिधि र आमजनताबाट आएका सुझावलाई ग्रहण गरी अगाडि बढ्ने बताउनुभयो । उहाँले महाधिवेशन प्रतिनिधि र आमनागरिकको भावनाअनुसारको पार्टी सङ्गठन बनाउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । —

प्रकाशित : २९ पुस २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६