ब्रेकिंग न्युज

काँग्रेसमा विभाजन लोकतन्त्रका लागि सुखद् होइन : एमाले नेता शाही



काठमाडौँ, ३० पुस

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय प्रचार विभाग संयोजक एवं केन्द्रीय सदस्य मीनबहादुर शाहीले नेपाली काँग्रेसमा विभाजन आउनुले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने बताउनुभएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालय, न्यूप्लाजामा आज आयोजित कार्यक्रममा नेता शाहीले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सबै शक्तिहरु मिल्नुपर्ने समयमा एक पुरानो दलमा फुटको स्थिति उत्पन्न हुनु सुखद् नभएको बताउनुभएको हो । नेता शाहीले मुलुकका कानुनी शासन र युवा पुस्ताको पवित्र भावना बमोजिम सुशासन हुनुपर्छ भन्नेमा एमाले स्पष्ट रहेको बताउँदै लोकप्रियतावादले भने मुलुकलाई निकास नदिने पार्टीको धारणा रहेको जनाउनुभयो ।

प्रकाशित : १ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६